विराटनगर  ।    विराटनगरमा बिरामीलाई बिक्री नै गर्न नमिल्ने विभिन्न कम्पनीले उत्पादन गरेका नमुना औषधिको अनाधिकृत भण्डारण (स्टोर) गर्ने गरिएको फेला परेको छ । कोरोना महामारीका समयमा बजारमा अभाव हुनसक्ने औषधिको अनुगमनमा निस्किएको टोलीले आइतबार दिउँसोतिर एउटा घरमा भण्डारण गरिएको अवस्थामा ठूलो परिणामको नमुना औषधि बरामद गरेको छ ।

विराटनगर–१५ का रवि रजकले घरमा भण्डारण गरेको ठूलो परिणामको नमुना औषधि बरामद भएको औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख सञ्जीव कट्टेलले जानकारी दिए । उनका अनुसार एन्टिवायोटिक, कफ सिरफ, सेनिटाइजर, पेन किलर इन्जेक्सन लगायतका ४६ काटुन नमुना औषधि बरामद गरिएको छ । विभागका अनुसार ‘फिजिसियन सेम्पल’का रुपमा मात्रै प्रयोग गर्न मिल्ने नमुना औषधि अवैध तरिकाले राख्ने गरिएको पुष्टि भयो ।

बरामद औषधिको विलविजन समेत नभएको र  नमुना औषधिमा नयाँ लेबल टाँस गरेर अर्को कम्पनीको लेबल राखेर विक्री वितरण गर्ने गरेको पाइएको छ । छापा मार्दा ५ कार्टुन स्टिकर र लेबल समेत बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी संतोष खड्काले जानकारी दिए ।

प्रहरीले रजकको घरदेखि विभिन्न बैंकको १ सय ७० वटा एटीएम पनि बरामद गरेको छ । रजकलाई प्रहरी र औषधि व्यवस्था विभागले छुट्टा छुट्टै मुद्या चलाउने तयारी गरेको बताएको छ । प्रहरीले उनलाई कालोबजारी ऐन अन्तर्गगत म्याद थप गरि अनुसन्धान सुरु गर्ने तयारी गरेका एसपी खड्काले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *