पिँडालुको पातमा भिटामिन ए प्रचुर मात्रामा पाइन्छ, जो आँखाको दृष्टिको लागि फाइदाजनक मानिन्छ । साथै मांशपेसीलाई बलियो पनि बनाउँछ । यसमा रहेको क्याल्सियमले हड्डी बलियो बनाउँछ । पिँडालुको पात सेवन गर्दा भोक नियन्त्रण हुन्छ । यसमा रहेको फाइबरले मोटाबोलिज्मलाई सक्रिय बनाउँछ, जसको कारण तौल नियन्त्रण गर्न सकिन्छ ।

पिँडालुको पातको सब्जी

सामग्री

१-पिँडालुको पात

२-बेसन

३-रातो खुर्सानी

४-धनियाँ, बेसारको धुलो

५-तेल

६– हिंग

६– जिरा, सरस्र्यु, हरियो खुर्सानी, रातो खुर्सानी

७-गरम मसला

८-हरियो धनिया

९– नुन स्वाद अनुसार

विधी

१–  बेसनको पेस्ट बनाउने । पेस्ट बनाउनुअघि त्यसमा नुन, रातो खुर्सानी, धनिया पाउडर मिसाउने ।

२-अब पिँडालुको पातलाई सिधा सतहमा राख्ने र त्यसमा बेसनको पेस्ट लगाउने । बेसन लगाएर त्यसलाई रोल गर्ने ।

३-मम पकाउने वा कुनै भाँडोमा पानी भरेर त्यसको माथि जाली वा सुती कपडा राख्ने । त्यसमाथि पिँडालुको पातको रोललाई केहि समय बाफमा पकाउने । ्

४– पिँडालुको पातको रोल पाकिसकेपछि त्यसलाई सेलाउन दिने । अब यस रोललाई एक इन्च लामो टुक्रामा काट्ने ।

५-कराईमा तेल तताउने । त्यसमा हिंग, जीरा, सरस्र्यु हालेर भुट्ने । त्यसमाथि धनिया, रातो खुर्सानी पाउडर, बेसार गरम मसला, नुन हालेर केहि समय भुट्ने । जब मसला रातो हुन्छ, त्यसमाथि रोल गरेको पिँडालुको पात मिसाउने । अन्त्यमा यसमा हरियो धनिया मिलाउनुपर्छ । केहि समय फ्राइ गरेपछि पिँडालुको पातको सब्जी तयार हुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *