डिजिटल प्लेटफर्मको युट्युबमा सर्वाधिक भ्युज कमाउन सफल भएको छ, कुटुमा कुटु सुपारी दाना। सन् २०१७ मा रिलिज भएको ‘कुटुमा कुटु’ बोलको गीतले दर्शकको भ्युजको रफ्तारलाई अहिले पनि छोडेको छैन। नेपाली चलचित्र ‘दुई रुपैयाँ’मा समावेश यो गीतलाई युट्युबमा १५ करोड पटक हेरिएको छ। युट्युबमा १५ करोड पटक हेरिने यो पहिलो नेपाली गीत पनि बनेको छ।

नायिका स्वस्तिमा खड्का, निश्चल बस्नेत, आसिफ शाह र बुद्धि तामाङले अभिनय गरेका  करिब ६ मिनेट लामो  रहेको  चलचित्र ‘दुई रुपैयाँ’ को यो गित अहिले पनि हरेकजसो कार्यक्रममा बज्ने गरेको छ भने टिकटकमा लोकप्रिय बनिरहेको छ।

राजनराज शिवाकोटीको शब्द तथा संगीतमा तयार भएको यो गीतमा राजनराज शिवाकोटी, राजन ईशान र मेलिना राईले स्वर दिएका छन्। गीतको एरेन्जर राजन ईशानले गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *