बालबालिकाको बढ्दो तौललाई व्यायामले नियन्त्रण गर्न सकिने अधिकांश अभिभावकले विश्वास गरेको पाइन्छ ।तर, अनुसन्धानका अनुसार मोटोपनाको समस्याबाट छुटकारा पाउन व्यायामले मात्र नहुने देखिएको छ । अमेरिकाको बेल्लोर विश्वविद्यालयले गरेको अनुसान्धानमा समस्याबाट छुटकारा पाउनका लागि आहारमा परिवर्तन ल्याउनु सबैभन्दा महत्त्वपूर्ण हुने दाबी गरिएको छ । मोटोपनाको सबैभन्दा ठूलो कारण भनेको डाइट हो ।

घरको खानाबाहेक, बजारको खानाबाट पाइने अतिरिक्त क्यालोरीलाई बालबालिकाहरू जलाउन सक्षम हुँदैनन् । परिणामस्वरूप बच्चाको तौल बढ्छ । पोषण जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार मोटोपनाको बारेका बुझ्नका लागि अनुसन्धानमा सहरका ४३ जना र सहरबाहिर ग्रामीण ठाउँका ३४ जना बालबालिकालाई समावेश गरिएको थियो ।जसमा ग्रामीण बालबालिकाको तुलनामा सहरमा बसोबास गर्ने बालबालिकामा ६५ प्रतिशत बढी बोसो पाइएको थियो । तीमध्ये एक तिहाइ बालबालिकामा मोटोपनाको समस्या भएको पाइयो ।

शहरका बालबालिका र ग्रामीण बालबालिकाको शारीरिक गतिविधि उस्तै रहेको पाइए पनि सहरिया बालबालिकाले ग्रामीण बालबालिकाभन्दा बढी खानेकुरा खाने गरेको अनुसन्धानमा देखिएको छ । त्यसैले बढ्दो तौललाई नियन्त्रण गर्नका लागि व्यायामका साथसाथै आहार परिवर्तन र नियन्त्रण गर्नुपर्ने अध्ययनको निष्कर्ष रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *